काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (ई-क्यान) चितवनले विद्यार्थीको लगानी र भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेको छ ।
अष्ट्रेलियन अध्यागमनले पछिल्लो समय गरेको विद्यार्थी भिसामा गरिएको कडाइ भए पनि यस्तो अवस्थामा नेपाली लगानीका कलेजहरूले विभिन्न बाहानामा बिद्यार्थीहरुलाई दुख दिइरहेकोले त्यस्तो नगर्न आग्रह गरेको हो ।
ई-क्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत विद्यार्थीको लगानी र भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्दै उनिहरुको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्ने समेत बताएका हुन् ।
अधिकांश विद्यार्थीले आफ्नो भिसा एप्लिकेशन विथड्र गरेकोले त्यो भिसा रिफ्युज भएको जनाएको छ । कतिपयले टिउसन फी रिफाउण्डमा जानाजान ढिला गरेको,पैसा पठाएको नक्कली रिपिष्ट पठाएर झुक्याएको, रिफाउण्ड पोलिसिको नाममा ३० प्रतिशत सम्म पैसा असुल गरेको जनाएको छ । यथाशीघ्रमा सो समस्या समाधान नभए ई-क्यान चितवन त्यसको प्रतिकारका लागि अघि सर्ने चेतावनी दिएको छ ।