काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताए ।
ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए ।
सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।