पोखरा । यही मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरामा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ हुने भएको छ । मेलाको ९० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ ।
“लगानीको सम्बर्द्धन:उद्योग व्यवसायको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको व्यापार मेलाको बाकिँ काम अनुरूप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय भोलि बिहीबारसम्म सम्पन्न हुने आयोजकले जनाएको छ । मेलाले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने आयोजकले बताएको छ ।
मेला नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा गर्न लागिएको हो ।मेलाको सर्वसाधारणको लागि एक सय र विद्यार्थीको लागि ६० रुपैयाँ प्रवेश टिकट कायम गरिएको छ । मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरूको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
यस पटक मेलाबाट अनुमानित आम्दानी रु। एक करोडमा अनुमानित खर्च रु ८५ लाख कटाउँदा रु। १५ लाख बचत हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मेलाका संयोजक पवनकुमार प्रजापतिले बताए ।उनले मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन गर्न तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिको लागि खर्च गरिने पनि जानकारी दिए ।