काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार (डिसेम्बर १) मा पठाएको सूचीअनुसार पेट्रोलरडिजेलको मूल्य केही घटेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।
‘आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ,’ निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक बिरेन्द्र गोइतले भने, ‘ग्यासको हकमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।’
नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासको घाटा भने बढेर प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ पुगेको छ ।