काठमाडौँ । नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत कर्तालाई लुट्न खोजेको आरोप लागेको छ ।
सो सहकारीले बचतकर्ताको पैसा नदिने गरेको पाइएको छ । एक जना बचतकर्ता गौरव चापागाईँले सो समस्या भोगेको नेपाली पब्लिकलाई बताए ।
उनले आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारीले पैसा दिनुको साटो उल्टै धम्कयाउदै घर पठाएको बताए ।
‘मैले सो सहकारीमा पैसा जम्मा गरेको थिए, दसैँ अगाडि पनि पैसा निकाल्न गएको थिए । सहकारीले पैसा छैन भन्यो,’उनले भने,‘आज नि पैसा लिन सहकारी गएको थिए । हिजो आज पनि पैसा छैन भन्यो ।’
उनले यसरी दुख गरेर जम्मा गरेको पैसा दिनुको साटो उल्टै पैसा दिँदैनौ, भन्दै धम्काएको बताए । उनले थपे, ‘पैसा छैन, जे सक्नुहुन्छ गर्नुस् भन्छ।’
यसरी बचत कर्ताको रकम नदिँदा सहकारी माथि प्रश्न खडा भएको छ ।