काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।