काठमाडौं। मंगलबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।