काठमाडौं। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ।
पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमानेपछि जाहेरी भने दर्ता भएको छैन। तर, राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगको निर्देशनपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोप गिरीमाथि लगाएकी छन्। न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीनबहादुर घलेले बलात्कार आरोपमा न्यायाधीश गिरीविरूद्ध र जाहेरी दिन आएकी महिलाविरूद्ध पनि न्यायधीश गिरीले चोरीको आरोप लगाउँदै जाहेरी दिएको जानकारी दिए। तर दुबैको मुद्दा दर्ता नगरेको र प्रारम्भिक अनुसन्धान गरिरहेको उनले बताए।