काठमाडौं। जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
भेटको क्रममा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयीपछि उनले यसअघि विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुसँग भेट गरिसकेका छन्।