काठमाडौं। गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी (नेकपा एस)पार्टी छोड्नुपरे राजनीति नै छोड्ने घोषणा गरेका छन्।
नेकपा एसमा प्रवेश गरेका मनाङेलाई पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले नेकपा एस पार्टी छोड्नुपरे राजनीति नै छोड्ने घोषणा गरेका हुन्।
मनाङेले मन्त्री बन्नका लागि आफू नेकपा एसमा नआएको दाबी गरे। उनले भने, ‘मन्त्री नपाए पार्टी छोड्ने हैन, बरु नेकपा एस पार्टी छोड्नुपरे राजनीति छोड्छु।’ उनले मुख्यमन्त्री दिए पनि नखाने बताए।
पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले मनाङेलाई खादा ओढाएर औपचारिक स्वागत गरेका थिए।