काठमाडौं। एनसेलको नेटवर्कमा समस्या देखिएको छ।
बिहीबार बिहान केही समयदेखि एनसेलको नेटवर्कमा समस्या देखिएको हो। अहिले एनसेलबाट फोन नलाग्ने, डाटा नचल्नेलगायतका समस्या छन्।
त्यसबारे एनसेलले नेटवर्कमा समस्या आउँदा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।
समस्या समाधानका लागि काम भइरहेको र यसलाई जतिसक्दो चाँडो समाधान गर्ने प्रयासमा रहेको एनसेलले जानकारी दिएको छ।
एनसेलले के कारणले नेटवर्कमा समस्या आएको हो भन्ने जानकारी दिएको छैन।