काठमाडौँ । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ ।बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।
प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।