काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सर्तसहित सरकारमा सहभागी हुने बताएको छ । आज शुक्रवार दिउँसो काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो।
पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भइ राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।
पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ तीन सिटमा विजय हासिल गरेको छ ।