वीरगंज ।विदेशमा भएका आफन्तजनलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स)चाहिएको छ ? छ भने त्यो सेवा वीरगंजमा रहेको यातायात व्यवस्था कार्यालयले दिँदै आएको छ । उसले दिएको यस्तो सेवा सम्बन्धी तथ्य भर्खर प्रकाशमा आएको छ ।
बाराका एक युवा १७ अप्रिल २०२२ मा अष्ट्रेलियाकालागि उडे १८ अप्रिल २०२२ को २:५५ मा अष्ट्रेलियाको सिड्नीमा अवतरण भए । अप्रिल २०२२ मा सिड्नी पुगेका तिनै युवाको नाममा भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय वीरगंजले १२ अगस्टमा नगदी रसिद काट्यो । त्यसको टाइप थियो“ एड क्याटोगोरी ” अर्थात् “बि” ।
नेपालमै नभएको सेवाग्राहीको सवारी चालक अनुमति पत्र बन्यो । १८ अक्टोबर २०२२ मा एड क्याटोगोरी सहितको सवारी चालक अुमतीपत्र सेवाग्राहीले प्राप्त गरे । सेवाग्राही भने अष्ट्रेलियमा छन् । यातायात व्यवस्था कार्यालय वीरगंजले भएका सबै कानुनको धज्जी उडाउँदै यस्तो सेवा अन्यलाई पनि दिएको स्रोतको दाबी छ । यो सवारी चालक अनुमति पत्र दिइदा कार्यालय प्रमुख थिए सुशील साह ।
साह अहिले मधेस प्रदेश सरकारको मातहत रहेको एक विभागको प्रमुख भएका छन् । उनी असार मसान्तमा मात्र यातायात कार्यालयबाट सरुवा भएका हुन । वीरगंजको यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निकै बाक्लो उपस्थिति रहेको कुरा प्रकाशमा आउँछन् ।
त्यहाँ हुने अनियमितता रोक्न र गर्नेलाई कारबाही गर्न भन्दा पनि कानुनको खिलाफमा सवारी चालक अनुमति पत्र अवैध आर्थिक नजराना लिएर बेच्नेहरूको मनोववल उच्च पार्न र त्यो नजरानामा भाग लिन अख्तियारको उपस्थिति हुने गरेको त्यहाँका कर्मचारीहरुनै बताउँछन् ।
कार्यालय प्रमुख साहले हजारौँ रुपैयाँ नजराना लिएर माथि लेखिएको सवारी चालक अनुमति पत्र उपलब्ध गराएका हुन । त्यति बेलाको ट्रयाल कन्ट्रोलर भने अहिलेका कार्यालय प्रमुख कमल गौतम रहेको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख सुशील साहले भने सवार चालक बिना अरूलाई अनुमति पत्र नदिइएको दाबी गर्छन् ।