काठमाडौँ । सरकारले रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन अध्यादेश ल्याएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भने भइसकेको छैन । राजबन्दीहरूलाई मूलधारमा ल्याउने गरी अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यो अध्यादेश जारी भएपछि टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कानुनी रुपमै आममाफी दिन बाटो खुल्नेछ ।