काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसभित्रैबाट विरोध भएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रुपमा अध्यादेश ल्याउने सरकारको विरोध जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै यो विषयमा पार्टीमा छलफल नहुनु गलत भएको बताएका छन् । उनले अध्यादेश ल्याउनु कानुनी, राजनीतिक मात्र नभई नैतिक प्रश्न भएको पनि टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले यसअघि आफू विपक्षमा हुँदा सरकारका गलत कामको विरोध गरेको स्मरण गराउँदै सरकारमा हुँदा भएका गलत काम पनि विरोध गर्ने बताएका छन् ।