काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।नेता केसीले सोमबार दिउँसो सिंहदरबारमा अध्यक्ष दाहालसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई नेताबीच चुनावी परिणाम, नयाँ सरकार गठन र संसद् सञ्चालन लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको थियो ।अध्यक्ष दाहालले कांग्रेसभित्रको आन्तरिक समीकरण र संसदीय दलको निर्वाचनका विषयमा चासो राखेका थिए ।
वर्तमान सत्ता गठबन्धनको सरकार निर्माण र त्यसकालागि भइरहेका प्रयासबारे समेत दुई नेताबीच छलफल भएको छ । नेता केसीले आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निवासमै पुगेर भेटेका थिए ।