काठमाडौं। अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ।
ब्रिस्बेनबाट २७० किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा भएको सो घटनामा सर्वसाधारणसहित दुई प्रहरी अधिकारीको मृत्यु भएको हो।
एउटा घरमा हराएका व्यक्तिको खोजी गर्न प्रहरी अधिकारीहरु त्यहाँ पुग्दा उनीहरुमाथि आपराधिक समूहले गोली प्रहार गरेका थिए। सो क्रममा तीनजना बन्दुकधारीहरूको पनि प्रहरीको गोली लागि ज्यान गएको छ। घटनाको कारण भने अझै खुल्न सकेको छैन।
घाइते भएका दुई प्रहरीको भने अस्पतालमा उपचार भइरहेको छ।