काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवाना अझै नतिरेको पाइएको छ ।
कतिपय जनप्रतिनिधिले आयोगले निर्णय गरेसँगै जरिवाना बुझाएकामा बालेनले भने मिनाहाका लागि निवेदन दिएका हुन् ।
गत वैशाखमा भएको स्थानीय निर्वाचनको खर्च विवरण समयमै नतिरेपछि बालेन लगायत कैयन उम्मेदवार जरिवानामा परेका थिए ।निर्वाचन आयोगका एक अधिकारीले जरिवाना मिनाहाका लागि बालेनले गत असोज ११ गते निवेदन दिएको जानकारी दिए ।
तर, आयोगले बालेनको निवेदनका विषय आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको भएको जनाएको छ । निर्वाचन लगत्तै फोहोर व्यवस्थापनलगायतका महत्वपूर्ण काममा लाग्दा समयमा खर्च विवरण बुझाउन नसकिएको निवेदनमा उल्लेख गरिएको छ ।