काठमाडौं। डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका सागर ढकालले साढे ८ लाख बढी खर्च गरेका छन्।
उनले निर्वाचन प्रचारप्रसारमा ८ लाख ६७ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
के मा कति गरे खर्च ?
तर, ढकाललाई निर्वाचनमा १७ लाख ३८ हजार ३६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो। उनले निर्वाचनका लागि सहयोग मागेपछि उक्त रकम प्राप्त भएको थियो।
उनले बाँकी रकम डडेल्धुराको लागि नै खर्च हुने जानकारी दिएका छन्।