काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने संकेत गरेका छन्।
आज कास्कीमा भएको एक कार्यक्रममा बोल्दै उनले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउँदै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन्।
उक्त कार्यक्रममा उनले भने, ‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’
अब देशको नेतृत्व गर्ने ठाउँमा पुगेमा राम्रा काम गर्ने उनले प्रतिवद्धता जनाए। उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा राम्रोसँग बुझ्न पाएन। दोस्रो पटक भने केही राम्रा काम गरेको थिएँ।’
प्रचण्डले भने, ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु।’
आफ्नो घोषणापत्रमा ०४७ सालयताको राजनीतिक नेतृत्व र सरकारमा रहेका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने कुरा रोखको उल्लेख गर्दै भने, ‘भ्रष्टाचार गरेको देखियो भने कडा कारबाही गर्नुपर्छ।’