काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका कामकाज आज (बिहीबार) नहुने भएका छन्।
महानगरले एक सूचना जारी गर्दै महानगर दिवस विशेष रुपमा मनाउने भएकाले बिहीबार महानगरका सबै कामकाज ठप्प हुने बताइएको छ।
सूचनामा भनिएको छ, ‘काठमाडौं महानगर, मातहतका सबै विभाग/आयोजना र कार्यक्रम / वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ।’
