धनगढी । धनगढीमा मानव सेवा आश्रमले भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ नेपथ्य व्यान्डको कन्सर्ट गर्ने भएको छ । कन्सर्टको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
असहायको सेवामा समर्पित आश्रमले देशभरमा आश्रमका भवन निमार्ण एवं अक्षयकोष स्थापनाका लागि मानवताका लागि सांगीतिक यात्रा गरिरहेको हो । धनगढीस्थित मानव सेवा आश्रममा पत्रकार सम्मेलन गर्दै आयोजकले पुस ३ गते (भोली) हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
आश्रमका परिकल्पनाकार रामजी अधिकारीले कन्सर्ट मंसिर १६ गते विराटनगरवाट सुरु भई, १९ गते वीरगंज, २२ गते हेटौडा, २५ गते चितवन र २९ गते नेपालगञ्जमा सम्पन्न भइसकेको बताए ।
धनगढीमा पुस ३ गते हुने कन्सर्ट आश्रमको छैटौं कार्यक्रम भएको मानव सेवा आश्रम कैलालीका अभिभावक शिद्धराज पनेरुले बताए । उनका अनुसार धनगढीमा रहेको आश्रमको शाखाले अहिलेसम्म २२१ जनाको उद्वार गरेको छ ।
कसैले पनि सडकममा वास गर्नु पर्ने अवस्था आउन नदिनका लागि नै यो कन्सटको आयोजना गरिएको पनेरुले बताए । यस्तै कन्सर्टका लागि नेपथ्यको टिम पनि धनगढी पुगिसकेको छ ।