काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा नलगाउने बताएका छन्।
आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा नलगाउने बताएका हुन्।
उनले भने, ‘मैले सधैं भनेको छु, प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने गरेको छैन। देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु। तर तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन।’
उनले प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल जारी रहेको र त्यसबारे सजिलै निर्णय हुने दाबी गरे। उनले पुस १० भित्र नयाँ सरकार बन्ने पनि बताए।
उनले गठबन्धन नै कायम रहने बताए। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पद प्याकेजमै सहमति गरिने उनले बताए। गठबन्धन गर्दा प्रधानमन्त्री आलोपालो गर्ने विषयमा भने कुराकानी भएको उनले बताए।