काठमाडौँ । संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’को सार्वजनिक भएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो।
पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ।गजमेरका समकालीन पिटर जे कार्थकी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित, प्रितीलगायतले पुस्तक विमोचन गरे।