काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरका मालिक इलन मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका भएका छन्।
आज बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन्।
यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए। उनले गरेको आग्रहमा ५७ प्रतिशतले राजीनामा दिनुपर्ने मत राखेका थिए।