काठमाडौं। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको छ।