काठमाडौं। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्।
बिहीबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ।
त्यस्तै, बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ।
पदाधिकारी बैठकपछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गरेको छ।