ढल्केबर। शिक्षकसँग सम्बन्धित सङ्घ–संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन्।
धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन्।
नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष रामसिनेही यादवले नगराइन नगरपालिकाका शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शुक्रबार जिल्लाका सबै सामुदायिक विद्यालयको पठनपाठन बन्दको आह्वान गरिएको बताए।
नगराइन नगरपालिकाका शिक्षकहरु विगत पाँच महिनादेखि तलबभत्ता नपाएपछि मङ्सिर १८ गतेदेखि आन्दोलनरत छन्।