काठमाडौं। इंग्ल्याण्डका युवा ब्याटर साम करनले आउदो सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाब किंग्सबाट खेल्ने भएका छन्।
आज कोच्चीमा जारी मिनी अक्सनबाट उनी साढे १८ करोड भारुमा अनुबन्ध भए। २ करोड बेस प्राइस राखेका करन आईपीएल अक्सन इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेका छन्।
यसअघि आईपीएल अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले १६ करोड २५ लाख भारु पाउँदै इतिहास रचेका थिए। अब उनको रेकर्ड करनले तोडेका छन्।
यही वर्ष अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा करनले शानदार प्रदर्शन गरेका थिए। सोही लयको फाइदा उठाउँदै उनले आईपीएल अक्सनमा पनि कीर्तिमानी मूल्य पाए। करनले यसअघि पनि पञ्जाबबाट आईपीएल खेलिसकेका छन्।
अन्यको मूल्य कति ?
क्यामरुन ग्रीनः साढे १७ करोड भारु (मुम्बई इण्डियन्स)
बेन स्टोकः १६ करोड २५ लाख भारु (चेन्नई सुपर किंग्स)
निकोलस पूरनः १६ करोड भारु (लखनउ)
ह्यारी ब्रुकः १३ करोड २५ लाख भारु (सनराइजर्स हैदराबाद)
मयंक अग्रवालः ८ करोड २५ लाख भारु (सनराइजर्स हैदराबाद)
हेनरिक क्लासेनः ५ करोड २५ लाख भारु (सनराइजर्स हैदराबाद)
केन विलियम्सनः २ करोड भारु (गुजरात)
अजिंक्य रहाणेः ५० लाख भारु (चेन्नई सुपर किंग्स)
ओडेन स्मिथः ५० लाख भारु (दिल्ली क्यापिटल्स)