काठमाडौं। उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने भएको छ।
अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बिहान बसेको केही पदाधिकारीसहितको बैठकले पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने निर्णय गरेको हो।
एमालेले ६ मन्त्रालय पाउने र त्यसमा पौडेलसहित क–कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ। पौडेलले अर्थ मन्त्रालय लिने सम्भावना छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन्। सोही क्रममा केही मन्त्रीले पनि शपथ लिँदैछन्।
माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने र राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।