जोहानेसबर्ग। दक्षिण अफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ।
उक्त विस्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन्।
ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विस्फोट भएको अधिकारीहरूले बताएका छन्।
घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन्।
विस्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ। क्षतिको विवरण आगामी साता सार्वजनकि गरिनेछ। रासस÷सिन्ह्वा