काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएको छ।
जसपाले पुस १८–१९ गते राजनीतिक समितिको बैठक बोलाएको हो।
बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्नेछ।
१२ संघीय सांसद रहेको जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन।
त्यतिबेलासम्म जसपाले संसदीय दलको नेता चयन पनि गरिसक्नेछ।