तनहुँ। बलत्कारको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाहको अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग गरिएको छ।
कलाकार पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथि सुनुवाइ गर्दै नवलपुर अदालतको फैसला माग गरिएको हो। कलाकार शाहको मुद्दाको नवलपुर अदालतले गरेको फैसलाको माग गरिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।
शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय तोकेको छ।
नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्रचार भएको छ।
नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।
शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ।