काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
हात्तिबनस्थित प्रचण्डका आफन्तको निवासमा उनीहरुबीच बुधबरा बिहान भेटवार्ता भएको हो।
आफू नेतृत्वको सरकारमा समाजवादीलाई सहभागी गराउन प्रचण्डले नेपालसँग भेट गरेका हुन्।
भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न नेपाललाई प्रस्ताव गरेका छन्। तर, नेपालले पार्टीको औपचारिक बैठक बसेर सहकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने बताए।
भेटमा नेपालले एमाले अध्यक्ष केपी ओली निवास बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए।
तर, प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको भन्दै किनँ यसलाई मनमा नलिन आग्रह गरे।
सोही क्रममा प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि सरकारमा सहभागी गराउनेबारे कुरा गरेका छन्।
जसपाले संसदीय दलको नेता चयन गरेको छैन। संसदीय दलको नेता चयन भएपछि मात्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिने बताइएको छ।