काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ ।
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको हो ।
पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरूको भनाइ छ ।