काठमाडौं। पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत फार वेस्ट युनाइटेडविरुद्ध जनकपुर रोयल्सले शानदार जित निकालेको छ।
बिहीबार दोस्रो खेलमा युनाइटेडले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाउँदै शानदार जित निकालेको हो।
जनकपुरको जितमा सन्दीप जोरा र चाडविक वाल्टनले उत्कृष्ट अर्धशतकीय पारी खेले। जोराले अविजित ७७ र वाल्टनले अविजित ६९ रन बनाए। त्यस्तै, पवन सर्राफ १२ र कप्तान ट्रेभोन ग्रिफिथले ६ रन बनाए। युनाइटेडका लागि बलिङमा करण केसीले दुई विकेट हात पारे।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो। उसका लागि अलराउन्डर करण केसीले अविजित ४७, भीम सार्कीले अविजित ३६, देव खनालले २२, हसमतुल्लाह शाहिदीले १९, हरिशंकर साहले १३, विनोद भण्डारीले १२ र हसिम अन्सारीले ११ रन बनाए। जनकपुरका लागि ललितनारायण राजवंशीले दुई, जितेन्द्र मुखिया र सोमपाल कामीले एक/एक विकेट लिए।
आजको जितसँगै जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै, आजको हारसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा स्थानमा रहेको छ।
जारी प्रतियोगितमा जनपुरले चार खेल्दा तीनमा जित एकमा हार बेहोरेको छ । त्यस्तै, युनाइटेडले चार खेल खेल्दा एकमा जित र तीनमा हार बेहोरेको छ।