काठमाडौं। रौतहट– ३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले ‘आम जनता पार्टी’ घोषणा गरेका छन्।
बिहीबार एक कार्यक्रमका बीच साहले आफ्नो अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन्।
पार्टीको केन्द्रीय कमिटी १५१ सदस्यीय बनाइएको छ भने सातै प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको छ।
लामो समय माओवादीमा सक्रिय रहेर नेकपा विभाजनपछि एमालेमा गएका साह मंसिर ४ मा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए।