पोखरा । सरकारले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि विमानस्थल सञ्चालन ल्याउन लागिएको हो ।
विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे उद्घाटन गर्दैछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमका अनुसार फेब्रुअरी २३ देखि यो विमानस्थलबाट दैनिक १८ घण्टा उडान हुनेछ ।
अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७ देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।