काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने भएको छ । आइतबार भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही बढेर आएपनि नेपालमा पनि यथावत राखिने निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २.५४, डिजेल २.९५, हवाई इन्धन ४.१३ र एली ग्यास प्रति सिलिन्डर ७८.२२ रुपैयाँले बढर आएको छ । मट्टीतेलको मूल्य भने घटेको छ ।
निगमलाई अहिले १५ दिनमा हप्तामा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । निगमलाई एलपी ग्यासबाहेक पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा नाफा भइरहेको छ । अझै १८ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।
