काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूले गरेको मन्त्रालयगत रिपोर्ट सुनेको र भोलि निर्देशनात्मक सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए।
आजको बैठकमा सचिवहरूले मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा रिपोर्टिङ गरे।
बैठक भोलि बिहान ११ बजे पुनः बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।