काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।
आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेको छ। यो मूल्य गत आठ महिनाकै उच्च हो।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
साथै आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।