काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले सातौँ जित निकालेको छ।
सातौँ जित निकाल्ने क्रममा उसले मंगलबार जनकपुर रोयल्सविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्यो। लुम्बिनीले आठ म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ। उ प्लेअफमा प्रवेश गरिसकेको छ।
जनकपुरको यो तेस्रो हार हो। उसले आठ म्याच खेल्दा पाँच खेलमा भने जित निकालेको छ । आफ्नो आठौँ खेलमा लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनायो।
उसका लागि विकेटकिपर चाडविक वाल्टनले अविजित ५९,सन्दीप जोरा, ट्रेभन ग्रिफिथ, शरफुद्दीन अशरफले २६÷२६ र समिउल्लाह शिनवारीले १८ रन जोडे। लुम्बिनीका लागि विपुल शर्मा र ह्यारी टेक्टरले दुई÷दुई विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी अल स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनायो।
उसका लागि ओपनिङ ब्याटर हरमित सिंहले ७३, लाहिरु मिलन्थाले ३३, कुशल भुर्तेलले १७, कप्तान दीपेन्द्र सिंह ऐरीले १४, ह्यारी टेक्टरले अविजित १८ र अनिल साहले नटआउट १० रन जोडे।
जनकपुरका लागि शराफुद्दीन अशरफले तीन, ललितनारायण राजवंशी, समिउल्लाह शिनवारी र मोहम्मद आदिल आलमले एक÷एक विकेट लिए।