काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ नभएको दाबी गरेको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ नभएको दाबी गरेका छन्।
लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भन्दै भ्रामक र मिथ्था सूचना फैलाइएको क्यानको आरोप छ। म्याच फिक्सिङ भएको बारेमा जानकारी भए उजुरी दिन विज्ञप्तिमा भनिएको छ।
तर, क्यानले उक्त दाबी गरे पनि नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भइरहेको खुलासा भइरहेको छ।
सम्बन्धित समाचारः नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भइरहेको खुलासा
लिगमा म्याच फिक्सिङ भइरहेको आरोप लगाउँदै अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिना लिगबाट अलग भइसकेका छन्।
लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भइरहेको जानकारीपछि गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइसकेका छन्। उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
क्यानले आयोजना गरेको लिग विवादित बनेको छ। लिग खेलिरहेका खेलाडीले पारिश्रमिक पनि पाउन सकेका छैनन्। जसका कारण मंगलबार खेलाडीले खेल्न अस्वीकार गर्दा पहिलो खेल २ घण्टापछि सुरु भएको थियो।
सम्बन्धित समाचारः
रोकिएको नेपाल टी–२० लिग सुरु, के भयो सहमति ?