काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्ट युनाइटेड ८३ रनले विजयी भएको छ।
जारी लिगमा फार वेस्टको यो दोस्रो जित हो। दुबै टिमको प्लेअफ सम्भावना कायमै रहेको छ।
काठमाडौंको यो पाँचौं हार हो। आफ्नो नवौँ खेलमा फार वेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो।
उसका लािग कमल सिंह ऐरीले २०, कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप रजालीले १७÷१७, सुनम गौतमले १६, वीरन्दीप सिंहले १४ र सन्तोष कार्कीले १२ रन बनाए। फार वेस्टका लागि बलिङमा करण केसी, दुर्गेश गुप्ता, हसमतुल्लाह शाहिदीले दुई÷दुई, शेर मल्ल, प्रकाश जैशी र मिलिन्दा सिरिवर्धनले एक÷एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको युनाइटेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनायो। उसका लागि कप्तान हशमतुल्लाह शाहिदीले ७६, विनोद भण्डारीले ७३, करण केसीले अविजित २२ रन जोडे। काठमाडौंका लागि बसिर अहमदले तीन, अविनाश बोहराले एक विकेट लिए।
अंक तालिकाः