काठमाडौँ । माओवादी केन्द्रसँग सरकारमा सहकार्यबारे अन्योलमा रहेको एकीकृत समाजवादीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
बिहीबारको सचिवालय बैठकले प्रचण्डलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेको हो। प्रचण्ड एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए। एकीकृत समाजवादीले समेत मत दिए एक सय ७९ को समर्थन प्राप्त हुनेछ।
गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने या नहुनेबारे पार्टीको स्थायी र पोलिटब्युरोमा छलफल भए पनि निर्णय हुन सकेको थिएन।
पोलिटब्युरोको बैठकले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको थियो।
पुस २५ गतेबाट संसद् अधिवेशन सुरुहुँदैछ भने प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्।