काठमाडौँ । जितु नेपालको शो 'मुन्द्रेको कमेडी क्लब' को तेस्रो संस्करण आउने भएको छ।‘मुन्द्रेको कमेडी क्लब’मा कलाकारसहित अध्यक्ष पनि परिवर्तन हुनेछन्। माघको दोस्रो हप्ताबाट कार्यक्रम प्रसारण हुने अभिनेता तथा कार्यक्रम प्रस्तोता जितु नेपालले बताए।
यस शोको पहिलो संस्करणमा दीपाश्री निरौला अध्यक्ष थिइन् भने दोस्रो संस्करणमा करिश्मा मानन्धर अध्यक्ष थिइन्।शोमा यो पटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना थपिँदैछन्।
उनीहरूसँगै राजेन्द्र नेपाली ‘लट्टे’, र एलिना बास्कोटाको प्रस्तुति रहनेछ।मुन्द्रेको कमेडी क्लबलाई दिनेश डिसीले निर्देशन गर्नेछन्।