काठमाडौं। पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले शानदार जित निकालेको छ।
शुक्रबार भएकौ पहिलो खेलमा लुम्बिनी अल स्टार्सलाई २३ रनले हराउँदै जनकपुरले शानदार जित निकालेको हो।
जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन बनायो।
उसका लागि अनिल साहले ३५, लाहिरु मिलन्थाले ३२, सुनिल धमलाले २७ र गुल्शन झाले १० रन बनाए। जनकपुरका लागि कप्तान ट्रेभोन ग्रिफिथले तीन, समिउल्लाह शिनवारीले दुई र बेचैन प्रियजनले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको जनकपुर रोयल्सले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर सय ५९ रन बनायो।
उसका लागि कप्तान ट्रेभोन ग्रिफिथले ११ बलमा अविजिति ४७, शराफुद्दीन अशरफले २४, खडक बोहराले २२, समिउल्लाह शिनवारीले २० र दिलीप नाथले १० रनको योगदान दिए। लुम्बिनी अल स्टार्सका लागि कुशल भुर्तेल, सागर ढकालले दुई÷दुई, प्याट ब्राउन र इशान पाण्डेले एक÷एक विकेट लिए।
जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्सबीचको खेल टसमा दिढालाई भएका कारण खेल १७ ओभरमा झारिएको थियो।
आजको जितसँगै जनकपुर रोयल्स १४ अंकसहित तालिकाको दोस्रो स्थानमा सिमित रह्यो। उसले जारी सिजनमा १० खेल खेल्दा सातमा जित र तीनमा हार बेहोरेको छ।
त्यस्तै, आजको हारसँगै लुम्बिनी अल स्टार्स १६ प्वाइन्टका साथ तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनीले जारी प्रतियोगितामा १० खेलमा आठमा जित र दुईमा पराजय बेहोरेको छ।
यी दुई टोलीबीच आइतबार पहिलो क्वालिफायर हुनेछ। विजेता टोली फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्।