काठमाडौं । तराईमा शीतलहर अझै केही दिन कायमै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि तराईमा शीतलहर चलेको छ ।
तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको छ ।महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू-भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू-भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।
आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ।
तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।