कामठाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये दुईवटा सर्तहरू समेटिएको भन्दै सरकारलाई समर्थन गर्ने निर्णयमा पुगेको जसपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जसपाले नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूतिजस्ता विषय साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको हुँदा सरकारलाई विश्वासको मत दिने आधार तय भएको जनाइएको छ।